Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कांग्रेस नेता कोइरालाले भने – वर्तमान सरकार जति दिन राख्यो, त्यति नै देश कमजोर हुँदै जान्छ

    कांग्रेस नेता कोइरालाले भने – वर्तमान सरकार जति दिन राख्यो, त्यति नै देश कमजोर हुँदै जान्छ

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.8K
    SHARES

    कपिलवस्तु । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने बताएका छन् ।

    कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेता कोइरालाले माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने र सबै रुपमा राष्ट्र कमजोर हुने बताए ।



    नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताए ।

    नेता कोइरालाले भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुदै जान्छ ।’

    वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्न उनले चेतावनी दिए । महँगी बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। जनतालाई सहुलियत दिनुपर्नेमा दैनिक उपभोग्य बस्तुहरूको भाउ बढ्दै गइरहेको उनको भनाई छ।

    कोइरालाले सरकारको हेपाहा प्रवृत्ति र बलमिच्याइँले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार