नेपालगन्ज । । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् ।
हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।
मंगलबार भएको झडपमा तीनजना सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।
नेपालगन्जमा एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढ्दै गएपछि हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपीन आर्चायले एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यु लगाएको जानकारी गराएका छन् ।
Leave a Reply