Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली सुन भएको झोला फालेर भागेको गाडी फेला पर्‍यो

    नक्कली सुन भएको झोला फालेर भागेको गाडी फेला पर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । गत मंगलबार सुन, चाँदी र पेस्ताेल भएको झोला फालेर भागेको गाडी बिहीबार ललितपुरमा फेला परेकाे छ।

    आधा किलो सुन, साढे १४ किलो चाँदी र दुईवटा पेस्तोलको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको हाे।



    अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार विशेष सूचनाकाे अाधारमा उक्त स्कोर्पियो गाडी फेला पारिएकाे छ। नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा गाडी भेटिएको ती प्रहरीले बताए।



    उनका अनुसार मंगलबार काठमाडौंको कमलपोखरीमा प्रहरी चेकिङ छलेर भागेको गाडीलाई पिछा गर्दा त्यसमा बसेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएका थिए। त्यस्तै घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ । अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार