Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नेपालगञ्जमा कर्फ्यूबीच पनि झडप, अहिले सेना परिचालन

    नेपालगञ्जमा कर्फ्यूबीच पनि झडप, अहिले सेना परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.8K
    SHARES

    बाँके। बाँकेको नेपालगञ्जमा दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।

    दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो।



    हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ ।



    नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो ।

    तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार