Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘इनफ इज इनफ’ का अभियन्ताहरु धर्नामा

    ‘इनफ इज इनफ’ का अभियन्ताहरु धर्नामा

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 6.1K
    SHARES

    काठमाडाैँ। ‘इनफ इज इनफ’ का अभियन्ताहरु अाफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि धर्ना दिएका छन। गृहमन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको विरोधमा उनीहरुले धर्ना दिएका हुन्।

    सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोजेका उनीहरुलाइ पक्राउ गरिएकाे हाे। अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियन्ताहरुले पुलिस क्लब अगाडि धर्ना दिएका हुन्। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन्। प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ।



    अभियन्ताहरुले पीसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार