Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो

    प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयमा कार्यरत थप नौं प्रहरीमा आज (बिहीबार) कोरोना संक्रमण देखिएको छ ।

    प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप नौं जना प्रहरीका कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिएका छन् । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ४४ पुगेको छ ।



    संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए । यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबार ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार