काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई जेल हाल्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले यस्तो बताएका हुन् । सांसद थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने पनि बताए।
सांसद थापाले भने, ‘सम्झौता भएको २४ घन्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको छ। डाक्टरमाथि आक्रमण हुँदा ‘जेल उइथ आउट बेल’ हुन्छ भन्ने डर हुँदैन अनि उपभोक्तालाई वैधानिक गुनासोको भर हुँदैन यस्तो घटना दोहोरिइरहन्छ।यो कार्यान्वयन गर्न संसदको मद्दत चाहिन्छ, हामी त्यसका लागि तयार छौं । तर यतिले पुग्दैन, स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाई हुँदै हुँदैन।’
नेपाल चिकित्सक संघ र डाक्टरहरूसँग सरकारले यसपटक गरेको सम्झौता अक्षरस कार्यान्वयन हुनुपर्ने उनले बताए।
पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री भएका बेला पहिले जनशक्ति र पूर्वाधार विकास तथा व्यवस्थापनको एकीकृत खाकासहित एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड बनाइएको थापाले बताए।
Leave a Reply