Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमसीसी निर्देशक अल्ब्राइटबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एमसीसी निर्देशक अल्ब्राइटबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटको टोली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको बताइएको छ ।



    प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना कार्यान्वयनको समयावधि अब एक वर्ष ११ महिना बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना राखेकी थिइन् । उनले हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् ।



    एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठीक एक महिनापछि सो टोली काठमाडौं आएको हो ।नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ । गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार