काठमाडौं । अभिनेता अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् ।
ठगी आरोपमा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार फिल्म ‘रावायण’का निर्मातालाई सो रकम फिर्ता गरेका हुन् ।
उनले निर्मात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर रकम फिर्ता गरे । नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक केसीले निर्मात्री कटुवाललाई दिएको बताइएको छ ।
फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो ।
Leave a Reply