Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रोनाल्डो गोलविहीन हुँदा गोल्डेन बुटमा पछि

    रोनाल्डो गोलविहीन हुँदा गोल्डेन बुटमा पछि

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । इटालियन सिरि ए फुटबल च्याम्पियन युभेन्टस आफ्नो ३७औं खेलमा काग्लियारीसँग स्तब्ध बनेको छ। क्रिष्टियानो रोनाल्डोका लागि युरोपियन गोल्डेन बुटको यात्रा कठिन देखिन्छ।

    युरोपियन लिगहरुमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने गोल्डेन बुट अवार्ड रोनाल्डोले अहिलेसम्म चार पटक जितेका छन्। उनीअघि स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीले ६ पटक जितेका छन्। बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली काग्लियारीसँग २-० गोलअन्तरले पराजित भएको हो। युभेन्टसलाई पराजित गर्न काग्लियारीका लुका गाग्लियानो र जियोभानी सिमेनले गोल गरे।



    लिगमा अहिलेसम्म ३१ गोल गरेका क्रिष्टियानो रोनाल्डोका लागि युरोपियन गोल्डेन बुटको यात्रा कठिन देखिन्छ। अहिले रोनाल्डोभन्दा अघि इटालियन क्लब लाजियोका इमोबाइल छन्। उनले ३५ गोल गरिसकेका छन्। यस्तै जर्मन क्लब बायर्न म्युनिकका लेवान्डोस्कीले ३४ गोल गरेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार