Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सन्दीप लामिछानेलाई मिल्यो चार्टर जहाज

    सन्दीप लामिछानेलाई मिल्यो चार्टर जहाज

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न चार्टर फ्लाइटमार्फत ट्रिनिडाड एन्ड टोबागो जाँदै छन्। कोरोना भाइरस महामारीका कारण चैत ११ बाट लागू भएको लकडाउनपछि बन्द आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अझै खुलिसकेको छैन। त्यसैले सन्दीपले पछिल्ला केही दिन सन्दीप सिपिएलमा सहभागी हुन जाने वा नजाने भन्नेमा दुबिधा बढे पनि बुधबार मात्र उनी त्यसर्फ जाने पक्कापक्की भएको थियो। यस क्रममा समर्थकको दिएको शुभेक्षाप्रति सन्दीपले धन्यवाद दिए।

    ‘मेरो माया उहाँहरूसँग छ। उहाँहरूको माया मसँग छ, यसमा कुनै दुबिधा छैन,’ विगतमा समर्थकसँग टाढिएको आरोपको खण्डन गर्दै सन्दीपले भने, ‘यहाँ सधंै आलोचना हुन्छ र यो हाम्रो नियन्त्रणमा पनि छैन। त्यसैल म त्यसप्रति ध्यान पनि दिन्नँ। तपाईंसँग ८० हजार छ र तपाईंले केही रकम मात्र फजुल खर्चनुहोला। सबै रकम त्यसै त खेर फाल्नु हुँदैन नि। हो त्यस्तै एक वर्षमा ८० हजारभन्दा बढी सेकेन्ड हुन्छ। होला केही सेकेन्डहरु मेरो आलोचनामा बिते होलान्। ती केही सेकेन्डबाहेक मसँग बाँकी त राम्रो समय छ नि। म र मेरा समर्थकबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ।’



    ‘सायद यही मायाले नै होला मैले विभिन्न देशमा फ्रेन्चाइज लिग खेल्दा रातिराति खेल हेर्दै साथ र हौसला दिनुहुन्छ,’ सन्दीपले थपे, ‘म मेरा समर्थकको माया शब्दमा पनि वर्णन गर्न सक्दिनँ।’



    व्यवस्थापक रमन शिवकोटीले सन्दीप बिहीबार कोरियन एयरको चार्टर विमानबाट बेलुका कोरिया पुग्ने र त्यहाँ ६–७ घण्टाको ट्रान्जिटपछि त्यहींबाट डेल्टा एयर हुँदै अमेरिका र त्यहाँबाट अगस्ट १ मा २ बजे सेन्ट लुसिया पुग्ने र त्यहाँबाट वेस्ट इन्डिज क्रिकेट बोर्डले सबै खेलाडीलाई एक साथ चार्टर विमानमार्फत ट्रिनिडाड एन्ड टेबागो लाने बताए। त्यहाँ पुगेपछि सबै खेलाडीलाई १४ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा राखिने पनि व्यवस्थापक शिवाकोटीले बताए।

    ‘कठिन परिस्थितिका बावजुद सन्दीपको सिपिएल यात्रा पक्का गर्न सहयोग गर्नुहुने नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका साथै सबै शुभेक्षुकमा धन्यवाद दिन चाहन्छु,’ शिवाकोटीले भने।

    सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन्। उनले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र गत वर्ष बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिसकेका छन्। यस सिजन भने सन्दीपलाई जमैका तल्लावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको हो। नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार