Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना खोप कहिलेसम्म आउला ?

    कोरोना खोप कहिलेसम्म आउला ?

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडाैँ । सात महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको उपचार र रोकथामका लागि हालसम्म कुनै औषधि र खोपको आधिकारिक घोषणा भएको छैन । यो रोगको उपचारका लागि विभिन्न औषधि सहयोगी भएको दाबी गरिएको छ तर हालसम्म कुनै निश्चित औषधिको औपचारिक र आधिकारिक अनुमोदन भएको छैन । कोभिड–१९ को उपचारमा ‘रेमडेसिभिर’, ‘डेक्सामिथासोन’ लगायत अन्य एन्टिभाइरल औषधि कतिपय देशले प्रयोगमा ल्याएका छन् ।

    यसैबीच यो संक्रामक रोगका रोकथामका लागि सुरक्षित र प्रभावकारी खोप निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा सुरु भएको छ । विश्वका करोडौंलाई संक्रमण र लाखौंको ज्यान लिएको यो रोगविरुद्धको खोप निर्माण गर्न औषधि उत्पादक कम्पनीका लागि इज्जत र प्रतिष्ठाको विषय बनेको छ । मुनाफाका हिसाबले पनि यो उत्तिकै आकर्षक छ । यो खोप निर्माणको दौडमा विश्वका प्रतिष्ठित औषधि कम्पनीमात्र होइन, ससाना बायोटेक फर्म पनि छन् ।



    यो शताब्दीकै सबैभन्दा ठूलो संक्रामक रोग मानिएको यो रोगको खोप कहिलेसम्म बन्ला भन्ने आम चासो छ भने नेपालजस्तो अति कम विकसित देशमा खोप आइपुग्न कति समय लाग्ला भन्ने जिज्ञासा अर्काेतिर छ । यो सातासम्मको प्रगतिलाई समीक्षा गर्दा खोप निर्माणको तेस्रो तथा अन्तिम चरणमा विश्वका पाँच औषधि उत्पादक कम्पनीहरू पुगेका छन् । त्यसमा अमेरिकी कम्पनी मोर्डना, चिनियाँ कम्पनी सिनोभ्याक, जर्मन कम्पनीको सहकार्यमा अमेरिकी कम्पनी फाइजर, अक्सफोर्ड विश्वविद्यालय र फ्रान्सेली कम्पनी सानोपी रहेका छन् ।



    गत सोमबारदेखि अमेरिकी कम्पनी मोर्डनाले खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ । त्यसअन्तर्गत ३० हजार स्वयंसेवीमा परीक्षण सुरु भएको छ । सुरक्षा र प्रभावकारिताका हिसाबले यो परीक्षणको नतिजा कस्तो हुने भन्ने आमचासो छ । अध्ययनका क्रममा सहभागी ३० हजारमध्ये १५ हजारलाई औषधिसहितको खोप र अर्काे १५ हजारमा औषधिबिनाको ‘डमी’ खोप दिएर दुवै नतिजालाई समीक्षा गरिने कम्पनीले जनाएको छ ।

    ‘हामी यो परीक्षण सफल हुनेमा आशावादी छौं । यो वर्षको अन्त्यसम्ममा तथ्यांकले यसलाई प्रमाणित गर्नेछन्,’ मोर्डना कम्पनीका अध्यक्ष डा. स्टेफान होगेलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था एपीले सोमबार जनाएको थियो ।

    यसैगरी कोरोना भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेको अर्काे कम्पनी सिनोभ्याक हो । यो चिनियाँ बायोटेक कम्पनीले गत सातादेखि ब्राजिलका सात हजार स्वयंसेवीमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत यिन वाइडोङले अमेरिकी साप्ताहिक पत्रिका ‘टाइम’लाई भनेका छन्, ‘प्रारम्भिक तथ्यांकले हाम्रो परीक्षण ८० प्रतिशत सफल हुने देखाएको छ ।’

    सन् २००२ देखि २००३ सम्म फैलिएको तथा सात सय ७४ मानिसको ज्यान लिएको सार्स महामारी रोक्न सिनोभ्याकले भ्याक्सिन बनाउन थालेको थियो । भ्याक्सिन परीक्षणको पहिलो चरणमा पुग्ने कम्पनी सिनोभ्याकमात्रै थियो । अकस्मात् महामारी आफैं हराएकाले सिनोभ्याकले अनुसन्धान रोकेको थियो । त्यसले गर्दा कम्पनीलाई ठूलो घाटासमेत भएको थियो । कम्पनीले वार्षिक कोरोना खोपका ३० करोड डोज उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    अर्काे अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले जर्मनको वाओएनटेकसँगको सहकार्यमा खोप निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । कम्पनीले पनि अर्काे अमेरिकी कम्पनी मोर्डनाले झैं ३० हजार स्वयंसेवीमा परीक्षण गर्न लागेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । १८ देखि ८५ वर्षका मानिसमा गरिने यो परीक्षण अमेरिका र विश्वका विभिन्न राष्ट्रका १ सय २० स्थानमा गरिनेछ । यो परीक्षण प्रभावकारी देखिए खोप अनुमोदनका लागि अमेरिकी नियमनकारी निकायमा अक्टुबरको सुरुमै प्रस्ताव लग्ने तयारी कम्पनीको छ । ‘प्रस्तावित खोपले अनुमोदन पायो भने सन् २०२० को अन्त्यसम्ममा १० करोड डोज र सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३ करोड डोज निर्माण गरिनेछ,’ फाइजरले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ ।

    यसैगरी बेलायतको अक्सफोर्ड विश्वविद्यालय पनि कोरोनो भाइरसविरुद्धको खोप निर्माणमा अग्रपंक्तिमा छ । गत साता विश्वविद्यालयले खोप सुरक्षित र प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने देखिएको दाबी गरेको थियो । १ हजार ७७ जनामा परीक्षण गरिएको सो भ्याक्सिनले भाइरसविरुद्ध ‘एन्टिबोडी’ निर्माण र रोगसँग लड्ने ‘टी–सेल’ बनाउन सहयोग गरेको पाइएको छ । यो परीक्षणको निष्कर्ष आशाजनक रहेको तर यसले भाइरसबाट पूर्ण रूपमा सुरक्षित पार्न सक्ने वा नसक्ने विषयमा थप बृहत् परीक्षण आवश्यक रहेको बताइएको छ । बेलायतले १० करोड भ्याक्सिनको डोज निर्माणका लागि अर्डर दिइसकेको छ । खोपको अन्तिम चरणको परीक्षणअन्तर्गत थप १० हजारजनामा यो भ्याक्सिनको परीक्षण गरिने तयारी छ ।

    खोप निर्माणमा प्रतिस्पर्धामा अन्तिम चरणमा पु-याउनेमा फ्रान्सेली कम्पनी सानोपी र जिएसके पनि हुन् । यी कम्पनीले ६ करोड खोपका डोज उपलब्ध गराउन बेलायतसँग बुधबार सम्झौता गरेका छन् । नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार