काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ । अल्ब्राइटसहितको टोली आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
सो टोलीलाई नेपालस्थित एमसीसीका कन्ट्री डाइरेक्टर डेन फर्नासिसको र सहायक डाइरेक्टर सन्जय पौडेलले स्वागत गरे ।उक्त टोली कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै काठमाडौं आइपुगेको हो।
टोलीमा एमसीसीका सार्वजनिक मामिला हेर्ने उपप्रमुख अयास हाउस, युरोप, ल्याटिन अमेरिका, एसिया हेर्ने सहायक उपप्रमुख जोनाथन ब्रुक्स, सीइओ कार्यालयका विशेष सल्लाहकार सिर्रा रोथार्मिक र सम्झौता कार्यान्वय विभागकी सहनिर्देशक मोनिका चाभेज छन्।
एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् । एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि अल्ब्राइट नेपाल आउन लागेको बताइएको छ ।
Leave a Reply