Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अमेरिका र चीन भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी (पूर्णपाठसहित)

    अमेरिका र चीन भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 936
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको बताएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा दुवै देशको भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’



    प्रधानमन्त्री प्रचण्डले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुर्नपुष्टि भएको बताए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको दाबी गरे ।

    संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न पनि भ्रमण फलदायी भएको प्रधानमन्त्रीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार