Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • माल्दिभ्सविरुद्ध नेपाललाई चौथो झड्का, सन्दीप जोरा पनि ‘आउट’

    माल्दिभ्सविरुद्ध नेपाललाई चौथो झड्का, सन्दीप जोरा पनि ‘आउट’

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । सन्दीप जोरा खेलको १० औँ ओभरमा मात्र ५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

    नेपालले हालसम्म ६७ रन बनाएको छ । यसअघि विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका थिए । त्यस्तै उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए ।



    नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए । यसअघि चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।



    मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार