Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो, सीमा क्षेत्रका बासिन्दा त्रसित

    रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो, सीमा क्षेत्रका बासिन्दा त्रसित

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 4.1K
    SHARES

    फाइल तस्विर

    बारा । रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका वडा नं. १०, मटिअर्वा टोलका रामायाण पडितले बताए ।

    यसरी भारतबाट आउनेहरु बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भागमा पर्ने खुला सीमाबाट नेपाल प्रवेश गर्छन् । दिउँसो कम देखिए पनि राति धेरै सङ्ख्यामा ओहोरदोहोर गर्ने गरेको सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिए ।



    भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने, चुपचाप बस्ने र उद्योग कारखानामा काम गर्ने बताइएको छ । यो क्रम बढ्दै गएपछि अहिले पथलैया–वीरगञ्ज औद्योगिक कोरिडोर कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।



    अवैध रुपमा भारतबाट नेपाल कामदार भित्र्याउने काममा उद्योगी व्यवसायी पनि लागेको स्थानीयहरु बताउँछन् । राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार