Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रचण्ड चीनबाट फर्किएलगत्तै माधव पुगे बालुवाटार, भने – परिस्थिति झन् खराब हुनसक्छ

    प्रचण्ड चीनबाट फर्किएलगत्तै माधव पुगे बालुवाटार, भने – परिस्थिति झन् खराब हुनसक्छ

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्किएलगत्तै नेपाल शनिबार साँझ बालुवाटार पुगेका हुन् ।

    भेटमा नेपालले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार बालुवाटार पुगेर नेपालसहित सो पार्टीका नेताले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाए ।



    देशमा रोजगारी गुम्दै गएको, महँगी बढेको, श्रमजीवी, मजदुर र गरिबको जीवन झन् कष्टकर बनेको पत्रमा उल्लेख छ । चाडपर्वको मौका पारेर कालाबजारीले मनपरी गर्न थालेका पनि जनाइएको छ ।



    कतिपय अवाञ्छित तत्त्व देशमा जातीय, धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाउन लागिपरेका ध्यानाकर्षणपत्रमा उल्लेख छ । देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले गम्भीर कदम नचाले परिस्थिति झन् खराब हुन सक्नेतर्फ सचेत गराइएको छ ।

    प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै नेताहरू बालुवाटार पुगेका थिए ।

    यस्तो छ ध्यानाकर्षणपत्र –

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार