धनुषा। अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैजाने बताएका छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैगएकाले नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किने बताए ।
अर्थमन्त्री महतले भने,’धेरै समस्याहरु अर्थतन्त्रमा देखियो, ती समस्याहरु विस्तारै समाधान हुँदैगएको छ । अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको छ ।’
अर्थमन्त्री महतले अर्थतन्त्रमा केही समस्या देखिए पनि रिमिटान्स र पर्यटन क्षेत्र विस्तार भएकाले अर्थतन्त्र छिटै आफ्नो लयमा फर्किने बताए ।
सेयर बजारलाई सहज बनाउन र बैंकहरुको ब्याजदर घटाउने काममा सरकार लागिपरेको अर्थमन्त्री महतको भनाइ छ । अर्थमन्त्री महतले कोभिडपछि समस्यै समस्या देखाएर अन्तर्राष्ट्रियस्तरमा वाताबरण विगार्ने काम मात्रै भएको भन्दै त्यस्तो चिन्ताजनक अवस्था नरहेको बताए ।
Leave a Reply