Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा ४० बुँदे ब्रिफिङ सार्वजनिक

    प्रधानमन्त्री प्रचण्डद्धारा ४० बुँदे ब्रिफिङ सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ समकक्षी लि छियाङसँग भएका सम्झौता सार्वजनिक गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी सार्वजनिक गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा असोज ८ गते चिनियाँ समकक्षी लि सँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता भएको र सो क्रममा सहकार्यका विविध विषयहरूमा सविस्तार छलफल भएको जानकारी गराए।



    भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति,

    स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनः सञ्चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार