Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राष्ट्र संघ र चीन भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

    राष्ट्र संघ र चीन भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघीय महासभा र चीन भ्रमण सफल भएको बताएका छन् ।

    चीनबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले दुवै भ्रमण सफल भएको बताएका हुन् ।



    करिब ४ वर्ष चीन र नेपालबीच उच्चस्तरीय भ्रमण नभएकाले बेला आफ्नो भ्रमण हुनु महत्त्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



    प्रधानमन्त्री प्रचण्डले भने,’समग्रमा दुवै भ्रमणका बारेमा भन्नुपर्दा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु। चीनको भ्रमणले झन्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ।’

    उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको उनले बताए ।

    संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने काम भएको पनि प्रधानमन्त्रीले बताए ।

    नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने विषयमा नेपालले जोड दिएको पनि उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार