Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारे छलफल भएको छ : प्रधानमन्त्री प्रचण्ड

    पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारे छलफल भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 819
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको नक्साबारे चीनसँग पहिले नै कुरा गरिसकेको बताएका छन्।

    आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चुच्चे नक्साबारे चीनसँग कुरा गरिसकेको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘नक्साबारे पहिले नै हामीले कुरा गरिसकेका थियौं । नक्साबारे समग्रमा चर्चा भएको छ र यो विषयमा आउने दिनहरुमा अझ सकरात्मक ढंगले जानेछ।’



    प्रधानमन्त्री प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित रहनुपर्नेबारे आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपति सि जिनपिङले पूर्ण समर्थन रहने जनाएको बताए ।

    प्रचण्डले चीन र नेपाल सरकारले प्राविधिक तयारी गरेर पोखरामा सकेसम्म छिटो उडान हुने बताए। पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र त्यसमा उड्डयन निकायहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको बताए ।

    भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिनका लागि अमेरिकाबाट उनी चीनको औपचारिक भ्रमणमा गएका थिए । चिनियाँ प्रधानमन्त्री लि छियाङ्को निमन्त्रणमा उनले एक साता लामो चीन भ्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार