Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला

    विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.7K
    SHARES

    सुर्खेत। सुर्खेतको उषा बालवाटिका विद्यालयको होस्टेलमा बालक मृत फेला परेका छन्।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत फेला परेका हुन् ।



    उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव‌ अहिलेसम्म उठाइएको छैन। आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् ।

    त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार