Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नेपाल र चीनबीच उच्चस्तरको सम्बन्ध विकास भएको छ : प्रधानमन्त्री प्रचण्ड

    नेपाल र चीनबीच उच्चस्तरको सम्बन्ध विकास भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छन्तुका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ सिन्हुईबीच भेटवार्ता भएको छ ।

    सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्षसमेत रहेका सिन्हुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो ।



    भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी वक्तव्यको स्मरण गर्दै दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।



    सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रधानमन्त्री प्रचण्ड चीनको असल साथी भएको र तपाईंको नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने बताए ।

    नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेकोसमेत वाङले बताए । औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि छन्तुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार