Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सिन्धुलीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा १० जना घाइते

    सिन्धुलीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा १० जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

    सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान सडक किनारको नालीमा पल्टिएको हो ।



    दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं.१ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ ।



    यसैगरी सिन्धुलीकै कमलामाई नगरपालिका वडानम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं.६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।

    सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार