वीरगन्ज । गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै चिकित्सकहरुले वीरगन्जमा प्रदर्शन गरेका छन् ।
मेडिकल एशोसियसन अफ नेपालको अगुवाईमा चिकित्सकहरुले बिहीबार साँझ विरोध जुलुश निकालेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजिनामा माग गरे ।
जुलुशमा सहभागी चिकित्सकहरुले स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा देखि डाक्टर कुट्न पाइँदैन कि सुरक्षा दे कि भिसा दे, ‘जेल वीथ आउट बेल लागु गर’ लगायतका नारा पनि लगाएका थिए।
Leave a Reply