काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुको अन्य बिवरण मन्त्रालयले खुलाएको छैन । काठमाडौं उपत्यकामा मंगलबार ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैबीच नेपालमा आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ ।
Leave a Reply