Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • २ खर्ब ६४ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी

    २ खर्ब ६४ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 870
    SHARES

    काठमाडौं । नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष रुपमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मलाई आधार बनाएर गरेको अध्ययनमा सबैभन्दा बढी लगानी भारतबाट भित्रिएको देखाएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ । अध्ययन प्रतिवेदनले नेपालमा ६ सय ९४ वटा कम्पनी प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालनमा रहेको देखाएको छ ।



    ०७९ सम्ममा भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी आएको हो । यसैगरी चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक लगानी आएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।



    अनपेक्षित रुपमा आयरल्यान्डबाट नेपालमा २० अर्ब ९० करोड वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै सिंगापुरबाट १६ अर्ब १० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार समग्र वैदेशिक लगानीमध्ये ६२ प्रतिशत औद्योगिक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आएको छ भने ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार