काठमाडौं । प्रदेश–२ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका ५० वर्षीय स्टोर किपर, ३५ वर्षीय सवारी चालक र २५ वर्षीय कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाले मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनले मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको बताए ।
Leave a Reply