काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आन्दोलनरत अभियन्ता ईंः ले उठाएका माग पूरा गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
आज समाजिक संञ्जालमा लेख्दै मेयर बालेनले ईंः का नाममा खुलापत्र लेख्दै माग पूरा गर्न नसक्ने बताएका हुन् ।
अभियन्ता ईंःले उठाएका मागहरुलाई आफूले नपन्छाउने बालेनले बताएका छन् । मेयर बालेनले आफूसँग वार्तामा बस्न आग्रह गर्दा ईंःले नमानेको दावी गरे ।
मेयर बालेनले लेखेका छन्, ‘प्रिय ई:, हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ । तपाईले उठाएका मागहरुलाई तपाई परिचालित हो भनेर पन्छाउन चाहन्नौं । तर तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो । तपाईले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ । दुवैजना वार्ता बसौं न भन्दा पनि मान्नु भएन । ठिकै छ, तपाईको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम राख्ने कुरा हुन्न ।’
महानगरको टोली र ई: का टोलीबीच मंगलबार वार्ता भए पनि निष्कर्षविहीन भएको थियो। बुधबार मेयर बालेनले ई: लाई सम्बोधन गर्दै फुटपाथ र त्यसमा हुने व्यापार-व्यवसायबारे सात बुँदे धारणा फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
Leave a Reply