Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • स्वास्थ्यमन्त्री बस्नेतले भने – चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ

    स्वास्थ्यमन्त्री बस्नेतले भने – चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1K
    SHARES

    चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् ।

    चितवन पुगेका स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका हुन्।



    स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।’



    स्वास्थ्यमन्त्री बस्नेतले गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको बताए। उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे।

    शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार