Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • टी–२० आईमा दीपेन्द्रको विश्व कीर्तिमान, ९ बलमै हाने अर्धशतक

    टी–२० आईमा दीपेन्द्रको विश्व कीर्तिमान, ९ बलमै हाने अर्धशतक

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । एसियन गेम्समा बुधबार मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरेका हुन् ।

    भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका छन् । १० बल सामना गरेका उनले ८ छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै १९औं एसियन खेलकुदमा नेपालले तीनवटा विश्व कीर्तिमान बनाएको छ ।



    टी–२० आईमा सबैभन्दा ठूलो लक्ष्य र छिटो शतकका साथै अर्धशतकको कीर्तिमान बनाएको हो । नेपाली युवा ब्याट्समेन कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरे । का छन् । मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।



    यस्तै आजकै खेलमा नेपालले टी–२० आईमा सबैभन्दा ठूलो लक्ष्यको पनि कीर्तिमान राखेको छ । यसअघि अफगानिस्तानको नाममा रहेको रेकर्ड नेपालले आफ्नो नाममा राखेको छ। टी–२० आईमा ३१५ रनको लक्ष्य अहिलेसम्मकै धेरै हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार