Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • विद्युत् महशुल नतिर्ने ग्राहककाे नाम कालोसूचीमा

    विद्युत् महशुल नतिर्ने ग्राहककाे नाम कालोसूचीमा

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.3K
    SHARES

    चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ । लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको हो । लाइन काटेको छ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।

    कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट रु १६ लाख २३ हजार १८८ र पहिलो चरणका २७० ग्राहकबाट रु ७२ लाख ५५ हजार ५२४ बक्यौता उठाउनुपर्ने हुन्छ । महतोले उनीहरुमध्ये ११ ग्राहकले कालोसूचीमा राखेपछि बक्यौता रकम तिरेकाे बताए । उनीहरुबाट सात लाख ९२ हजार २४४ असुली भएको कार्यालयले जनाएको छ ।



    कालोसूचीमा राखिएका ग्राहक नेपालको जुनसुकै स्थानमा गएर बसेको भए पनि उनीहरुको लाइन काट्ने र असुली गर्ने, बैंक वित्तीय संस्थालाई उनीहरुको विवरण जानकारी गराई सेवा रोक्नेलगायतका कामको प्रक्रिया शुरु गरिएको महतोले जानकारी दिए । कार्यालयले सोही समयमा एक हजार ६५३ को लाइन काटेको जनाएको छ । उनीहरुबाट रु दुई करोड ७९ लाख ५३ हजार ४३५ असुली हुनुपर्नेमा एक हजार १५० जनाबाट रु तीन करोड दुई लाख ३३ हजार १५८ असुली भएको उहाँले जानकारी दिए ।



    भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन् । उनीहरुबाट वार्षिक १४ करोड ९७ लाख ६३ हजार ६६९ युनिट विद्युत् खपत हुने गरेको छ । भरतपुर महानगरमा ९८ प्रतिशत विद्युतीकरण भई सकेको छ भने इच्छाकामना गाउँपालिका–१ मा रहेका ७०० घरधुरी विद्युतीय सेवाबाट वञ्चित रहेको कार्यालयले जनाएको छ । विद्युतीकरण नभएका क्षेत्रका लागि पूर्ण विद्युतीकरणअन्तर्गत रु १६ करोड ६३ लाख २६ हजार बजेट विनियोजन गरिएको र ठेक्काको काम सम्पन्न भई यही आर्थिक वर्षमा पूर्ण विद्युतीकरण गरिने महतोले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार