Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अष्ट्रेलिया पठाइदिने भन्दै १७ लाख कुम्ल्याउने कन्सलटेन्सी संचालक बिष्णु पक्राउ

    अष्ट्रेलिया पठाइदिने भन्दै १७ लाख कुम्ल्याउने कन्सलटेन्सी संचालक बिष्णु पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 3.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा फ्लाईइङ टप एजुकेसन एन्ड इमिग्रेसन कन्सलटेन्सीका संञ्चालक बिष्णु केसी रहेका छन् ।



    पक्राउ परेका केसीले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाईदिने भन्दै पवनराज दाहालसँग १७ लाख ७९ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    पक्राउ परेका केसीले अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम काम लगाई दिने र राम्रो कमाई हुने भन्दै दाहालसंग १७ लाख ७९ हजार रुपैयाँ लिएर नक्कली भिषा दिएका थिए ।

    अष्ट्रेलिया जान भनेर विमानस्थल पुगेका दाहाललाई अध्यागमन कार्यालयले नक्कली भिषा भएको भन्दै फर्काएपछि उनले केसीलाई फोन गर्दा सम्पर्क विहिन भएका थिए । केसीले ठगी गरेर फरार भएपछि दाहालले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै निवेदन लेखेका थिएको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले केसीलाई आज लाजिमपाटबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका केसीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार