Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

    प्रधानमन्त्री प्रचण्डले गरे छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन गरेका छन् ।

    कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले उक्त संस्थाको भ्रमण गरेका हुन् ।



    चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड चीनको दक्षिणपश्चिममा रहेको देशकै ठूला शहरमध्येको एक छोङछिङ शहर आइपुगेका थिए ।



    चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङछिङ नगरका पार्टी सचिव युआन चिआचुनले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्र राय यादवसहित भ्रमण दलका सदस्यहरु छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार