Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नेपाल र चीनलाई रेलले जोड्ने नेपालीहरूको साझा सपना हो : प्रधानमन्त्री प्रचण्ड

    नेपाल र चीनलाई रेलले जोड्ने नेपालीहरूको साझा सपना हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 846
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनलाई रेलले जोड्ने नेपालीहरूको साझा सपना भएको बताएका छन् ।

    चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चीन र नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीचको रेल परियोजना छिटोभन्दा छिटो निर्माण भएको देख्न चाहेको बताए। उक्त परियोजना नेपालका लागि पारवहन र व्यापारिक विविधताका लागि महत्त्वपूर्ण हुने पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यस परियोजनाको मुख्य चिन्ता भनेको हामीले यसलाई कहिलेसम्म तयार गर्छौं भन्ने नै हो । यस परियोजनाका लागि पर्याप्त स्रोत आवश्यक पर्छ जसलाई नेपाल एक्लैले वहन गर्न सक्दैन ।’

    उनले यस परियोजनाका लागि ऋणको आकार र सर्तहरू नेपालले व्यवस्थापन गर्नसक्ने खालको हुनुपर्ने पनि बताए। प्रधानमन्त्री प्रचण्डले रेल परियोजनाका लागि सम्भाव्यता अध्ययन भइरहेको र छिट्टै त्यसको रिपोर्ट आउने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार