Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नक्कली सुन प्रकरण: एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

    नक्कली सुन प्रकरण: एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । काठमाडौंमा बरामद गरिएकाे नक्कली सुन र पेस्तोल बरामद घटनाको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। कृष्ण पाउरोटी चोक नजिकबाट हिजो बिहान बरामद भएको साढे १४ किलो नक्कली सुन र दुई पेस्तोल बरामद भएकाे थियाे।

    साेही घटनामा शुक्ष्म ढंगले अनुसन्धान गर्नका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ। एसएसपी दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन भएकाे हो । समितिमा एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी छन् ।



    मंगलबार बा.६.च ५५१९ नम्बरको स्कार्पियो प्रहरीले रोक्न खोज्दा नराेकिएपछि प्रहरीले पिछा गर्दा कमलादीस्थित नबिल बैङ्कअगाडि सेतो रङको कपडाको झोला फ्याँकी गाडी फरार भएको थियाे। सोही झोलामा १५ किलो पहेंलो धातु र दुई थान पेस्तोल बरामद भएको थियो । परीक्षणका क्रममा आधा किलो धातु मात्रै सुन र अरु साढे १४ किलो चाँदी भएको खुलेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार