काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ ।
बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।
संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल हुनेछ ।
रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए ।
यो निर्णयबाट जन्मकैदको सजायँ पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल लगायतले उन्मुक्ति पाएका थिए ।
जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरुको ब्रिफिङबारे पनि छलफल हुने छ ।
रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो ।
Leave a Reply