Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कालीकोटमा पहिरो जाँदा ८ जनाको मृत्यु

    कालीकोटमा पहिरो जाँदा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । कालीकोटमा पहिरोमा जाँदा ८ जनाको मृत्यु भएकाे छ। नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ। त्यस्तै साेही पहिराेमा परी एकजना बेपत्ता पनि भएका छन् ।

    प्रहरीका अनुसार गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जानकारी दिए ।



    यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार