Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले मंसिरमा निर्णय सुनाउने

    प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले मंसिरमा निर्णय सुनाउने

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 726
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने छ । न्यायाधीशहरु खतिवडा र रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा आइतबार निर्णय सुनाउने मिति तोकेका हुन् ।



    द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।



    लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएको छ । बहस सकिएपछि इजलासले २८ मंसिरमा निर्णय सुनाउने भनी आदेश दिएको हो ।

    राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउँसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखरेका थिए ।

    अदालतको आदेश र फैसला नै नमान्ने अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रचण्डलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार