Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बीआरआई परियोजना कार्यान्वयको अन्तिम तयारीमा छौं : प्रधानमन्त्री प्रचण्ड

    बीआरआई परियोजना कार्यान्वयको अन्तिम तयारीमा छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।

    नेपाल चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले २०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको बताए ।



    उनले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन,सडक करिडोर,रेल,ट्रान्समिसन लाइनमा काम भइरहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,’चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आउनु नेपाल-चीन पारवहन सम्झौताको कार्यान्वयन हो। ‘

    उनले केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको बताए ।

    नेपाल-चीन आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको प्रधानमन्त्रीले बताए।

    उनले चिनियाँ राष्ट्रपति सी र आफूले क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार