Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • भारतले पठाएको चन्द्रयान सम्पर्कविहीन

    भारतले पठाएको चन्द्रयान सम्पर्कविहीन

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 7.1K
    SHARES

    एजेन्सी । भारतले पठाएको चन्द्रयान सम्पर्कविहीन भएको छ । भारतले चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको हो ।

    भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोका अनुसार नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास असफल भएको छ।



    रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रवनजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू संकलन गरेर १० दिन बिताएका थिए।



    यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुने गरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ। इसरोले यही २२ सेप्टेम्बरतिर चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू ‘बिउँझिने’ आशा गरिएको थियो।

    चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने र विक्रम र प्रज्ञान पुनः जागृत हुनेछन् भन्ने ठानिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार