Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौँको पटाप बस्ती पहिरोको जोखिममा

    काठमाडौँको पटाप बस्ती पहिरोको जोखिममा

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 4.5K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । काठमाडौँ जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ ।

    वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेको समाजसेवी शङ्कर तिवारीले जानकारी दिए ।



    जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणका लागि पहलकदमी चाल्नुपर्ने उनले बताए ।



    सरकारको खोजी भनेकै असजिलो र असामान्य परिस्थितिमा हुने भन्दै पीडित यदुनाथ दङ्गालले जोखिममा परेकाको उचित व्यवस्थापनका लागि सरकार यथाशीघ्र लाग्नुपर्ने माग गरे । उनका अनुसार जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारले ध्यान दिनुपर्छ । अनि मात्र क्षतिबाट बच्न सकिने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार