Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रुसका कमाण्डरलाई लक्षित गरेर युक्रेनद्धारा भीषण आक्रमण

    रुसका कमाण्डरलाई लक्षित गरेर युक्रेनद्धारा भीषण आक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनले शुक्रबार र शनिबार रुसले कब्जा गरेका थुप्रै क्षेत्रमा भीषण हमला गरेको छ । रुसको ब्ल्याक सी जहाजका कमाण्डरहरुको बैठकलाई लक्षित गरी यो हमला गरिएको हो ।

    शुक्रबार रुसले आक्रमणपछि एक सैनिक बेपत्ता भएको बताएको थियो । सेभास्टोपोलमा मिसाइल आक्रमणको बारेमा थप जानकारी दिएको छ।



    युक्रेनले क्राइमियामा क्षेप्यास्त्र आक्रमण नौसेना कमाण्डरहरूको बैठकलाई लक्षित गर्न गरेको बताएको छ। एक संक्षिप्त विज्ञप्तिमा युक्रेनको सेनाले आक्रमणमा थुप्रै मृत्यु र घाइते भएको दाबी गरेको छ।



    युक्रेनका गुप्तचर प्रमुख क्रिलो बुडानोफले आक्रमणमा बेडाका दुई शीर्ष कमाण्डरहरू नराम्ररी घाइते भएको र कम्तीमा नौ जनाको ज्यान गएको पनि दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार