Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • हाङ्चौँमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

    हाङ्चौँमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । चीनको एक हप्ते औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेट भएको छ ।

    चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीलाई भेटेका हुन्।



    एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग साइडलाइन भेट गर्ने क्रममा सी र प्रचण्ड भेट भएको हो ।



    स्वागत दिवा भोजमा राष्ट्रपति सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट सम्बोधन गर्दै १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा माग लिन आएका पाहुनालाई स्वागत गरेका थिए ।

    चीनको हाङ्चौ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए।

    सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए। प्रधानमन्त्री उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउने छन्।

    बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उक्त भेटावार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्ने छन्। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट चीन गएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार