Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • तस्बिरमा हेर्नुस् प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

    तस्बिरमा हेर्नुस् प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चीनका उप्रधानमन्त्रीले पहिलोपटक स्वागत गरेका छन्।

    अमेरिका भ्रमण सकेर आजै बिहान चीन पुगेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले हाङ्जाओ विमानस्थलमा स्वागत गरेका हुन् ।





    संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरे शुक्रबार राति न्युयोर्कबाट सिधा चीनतर्फ लागेका थिए। आज मध्याह्न १२ बजे संक्षिप्त भेटपश्चात प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङले एउटै रिसोर्टमा लञ्च गर्नेछन्।

    त्यसपछि अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ता हुने बताइएको छ। त्यसपछि बेलुका ८ बजे हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन्।

    प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ जानेछन्। त्यहाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार