काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदैछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्न लागेका हुन् ।
अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् ।
हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् ।
Leave a Reply