Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • इजरायलका प्रधानमन्त्रीका छोराले मागे माफी

    इजरायलका प्रधानमन्त्रीका छोराले मागे माफी

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दु समुदायसँग माफी मागेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फट माफी मागेका हुन्।

    २९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । लिआत बेन अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् । देवी दूर्गाको बाहन सिंहको अनुहारमा इजरायलको महान्यायाधिवक्ताको तस्वीर जोडिएको थियो । त्यो तस्वीरसँगै उनले लेखेका थिए, ‘आफ्नो औकात बुझ तुच्छ व्यक्तिहरु हो ।’



    बेन्जामिनका छोरा येरले पोष्ट गरेको दूर्गा देवीका हातहरुबाट अभद्र इशारा गरेको पनि देखिन्छ । येरले यस्तो फोटो शेयर गरेपछि उनको तीव्र आलोचना भएको थियो । त्यसपछि सोमबार उनले ट्वीटरमै माफी मागेका हुन् । येरले लेखेका छन्, ‘मैले एक व्यंग्यात्मक पेजबाट मिम शेयर गरेको थिएँ, जसमा इजरायलका नेताहरुको आलोचना गरिएको थियो । यो तस्वीरको सम्बन्ध हिन्दु धर्मप्रतिको आस्थासँग पनि छ भन्ने मलाई थाहा थिएन । मलाई जब मेरा भारतीय साथीहरुले त्यसबारे जानकारी दिए, त्यसपछि मैले मेरो ट्वीट डिलिट गरिदिएँ । म यसको लागि माफी माग्दछु ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार