काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको हो ।
सहमति भएपछि नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौं केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजकै मितिदेखि अन्त्य भएको छ ।
सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने सहमति भएको छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले ६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति
Leave a Reply