काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पूर्व अर्थमन्त्रीसमेत रहेका उनले यस्तो दाबी गरेका हुन् ।
अहिलेको गठबन्धन मुलुकको आवश्यकता भएको बताउँदै उनले निरन्तर पाँच वर्ष चल्ने बताए ।
यदि यो सरकार निरन्तर रुपले नचले देशमा अन्योल आई समाजमा निरासा बढ्ने उनको भनाई छ ।
Leave a Reply