काठमाडौं । आईसीसी यू-१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंकामा आगामी जनवरी १३ देखि हुने १५ औं विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक खेल तालिकाअनुसार नेपाल पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसहित समूह ‘डी’मा परेको छ।
नेपालले पहिलो खेल जनवरी १३ मा न्युजिल्यान्डविरूद्ध खेल्नेछ। समूह चरणको अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने अन्तिम खेल जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ।
आइसिसीले यो संस्करणमा प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरेको छ। १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।
दुई समूहको शीर्ष तीन टोली रहेको सुपर सिक्स चरणमा हरेक टोलीले दुई खेल खेल्ने छन्।
Leave a Reply